दफा ३६
साधारण सभा
: (१) सहकारी संस्थाको सर्वोच्च अङ्गको रूपमा साधारण सभा हुनेछ ।
(२) सहकारी संस्थाका सबै सदस्यहरू साधारण सभाका सदस्य हुनेछन् ।
(३) सहकारी संस्थाको साधारण सभा देहाय बमोजिम हुनेछ :–
(क)  प्रारम्भिक साधारण सभा,
(ख)  वार्षिक साधारण सभा,
(ग)  विशेष साधारण सभा ।